June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

नेपालमा एकैदिन १३९ जना काेराेना संक्रमितको मृत्यु

काठमाडौं ,बैशाख २७ गते । नेपालमा एकैपटक १३९ जना काेराेना संक्रमितको मृत्यु भएको छ । उक्त मृत्युदर एक दिनमा भएकाे मृत्यु संख्या अहिलेसम्मकै धेरै हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार २७१ संक्रमित थपिएको छ ।

त्यसैगरी गत २४ घण्टामा४ हजार ७ जना निकाे भएर घर गएका छन् । नेपालमा हालसम्म काेराेना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ जना छन् जसमध्ये ३ लाख ६ हजार ७९४ जना डिस्चार्ज भइसकेका छन् भने ३८५९ जनाकाे मृत्यु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको