June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

विश्वासको पक्षमा ९३ मात्रै,विपक्षमा १२४ मत

काठमाडौं ,बैशाख २७ । संसदमा प्रधानमन्त्रील केपी शर्मा ओलीले विश्वाकाे मत गुमाएका छन् । प्रधानमन्त्री आफैले संसदको बिशेष अधिवेशन बोलाएर विश्वासको मत लिने घोषणा गरेका थिए । आज संसदमा भएको कुल मत २३२ खसेको थियो । त्यस मध्य प्रधानमन्त्रीको पक्षमा केवल ९३ मत खसेकाे हाे । विपक्षमा १२४ मत खस्यो भने १५ मत तठस्त रह्यो ।
 
विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।

प्रधानमन्त्री ओलीलाई नेकपा एमालेका आफूपक्षीय सांसदहरुले मात्र मतदान गरेका थिए । माधव नेपाल समूहका सांसदहरु मतदानमा उपस्थित भएनन् ।

शीर्ष समाचार

धेरै पढिएको