June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न ओलीलाई प्रचण्डको सुझाव

file photo

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न सुझाव दिएका छन् ।

सोमबार प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि प्रतिनिधिसिभामा बोल्दै दाहालले यस्तो सुझाव दिएका हुन् ।

दाहालले भने, ‘अहिले पनि राजीनामा दिएर अर्को सरकार गठनको बाटो क्लियर गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र भावना अनुरुप हुन्छ भन्ने सुझाव दिन चाहन्छु ।’

शीर्ष समाचार

धेरै पढिएको