June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

ओलीलाई देउवाको प्रश्न: संक्रमण बढेको बेला तामझामका साथ धरहरा उद्घाटन गर्न किन जानुपर्थ्यो ?

file photo

काठमाडौं, प्रमुख प्रतिपक्ष कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संक्रमण बढिरहेको बेला तामझामका साथ धरहरा उद्घाटन गर्न किन जानुपर्थ्यो भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथि सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कोरोना संक्रमण बढ्ने भनेर विज्ञले दिएको सुझाव र आफ्नो पार्टीले दिएको सल्लाहहरु नमानेको पनि बताए ।

उअन्ले भने, ‘कोरोनाको खोप ल्याउने कुरामा भ्रष्टचारले रोकेको सार्वजनिक भइसकेको छ,’ देउवाले भने, ‘संक्रमण बढिरहेको बेला तामझामका साथ धरहरा उद्घाटन गर्न किन जानुपर्थ्यो ?’ उनले अघिल्लो संक्रमणमा पनि सरकारले भ्रष्टाचार र व्यापारिक घरानालाई फाइदा पुर्याउने काम गरेको बताए ।

देउवाले भने, ‘विश्वासको मत प्राप्त हुँदैन भन्ने थाहा पाउँदापाउँदै पनि प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।’ संसद्को विश्वास आफ्नो सरकारलाई छ भन्ने प्रस्ताव ओलीले राखेपछि दलका नेताहरू छलफलमा सहभागी भइरहेका छन् ।

देउवाले सरकारलाई काम गर्न कहाँ नदिइएको भनेर प्रश्न गरेका छन् । ‘आफू कार्यकारी भएर काम गर्न नसक्ने अरुमाथि दोष थुपार्ने ?,’ देउवाको प्रश्न थियो । उनले अहिले विश्वासको मत माग्नुपर्ने अवस्था प्रधानमन्त्री ओलीका कारण आएको बताए । त्यस्तै, आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका खेल्न नसकेको भनेर आलोचना खेप्नुपरेको पनि देउवाले धारणा राखे ।

शीर्ष समाचार

धेरै पढिएको