June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

महामारीमा पनि भ्रष्टचार गर्छ भने त्यस्तो अपराध क्षम्य हुने छैन: प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले महामारीको साझा समस्याका वेलामा भ्रष्टचार गर्नेलाई हामी छुट नदिने बताएका छन् ।

उनले भने, ‘यस्तो महामारीको साझा समस्याका वेला यसमा पनि भ्रष्टचार गर्छ भने त्यस्तो अपराध क्षम्य हुने छैन । र, हामी छुट दिदैनौँ ।’

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले भने, ‘मलाई अचम्म लाग्छ, हामी कोभिडविरुद्धको लडाइँमा छौँ । कतिपय पक्षमा कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने वा सरकारमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधि खरिदजस्ता कुराहरूमा भएको भ्रष्टचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने त्यस्ता खालका क्रियाकलापहरू भए । हामी सबैलाई थाहा छ, भ्याक्सिनको अभाव छ दुनियाँमा । भ्याक्सिन प्राप्त गर्न महामार भएको छ । यस्तो अवस्थामा दक्षिण एसियामा भारतभन्दा पछि नेपाल पहिलो राष्ट्र हो भ्याक्सिनको सुरुवात गर्ने ।’

शीर्ष समाचार

धेरै पढिएको