June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

विश्वासको मत लिन संसद अधिवेशन आह्वान भएकै दिन उनले मन्त्रपरिषद बैठक बोलाएका उनीनिकट एक मन्त्रीले जानकारी दिएका छन् ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज संसद बैठकमा अनुपस्थित हुने निर्णय गरिसकेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित छ ।

यस्तै आजै प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदै छन् । त्यसको लागि संसदमा प्रक्रिया समेत सुरु भइसकेको छ । विश्वासको मत नपाए प्रधानमन्त्री स्वतः काम चलाउन हुनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको