June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

“लिम्पियाधुरासहित ‘चुच्चे’ नक्साका लागि प्रधानमन्त्री ओलीको सम्झाना भइरहने छ”

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालको नक्सामा लिम्पियाधुरा समावेश गर्ने कार्यको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झाना आइरहेने बताएका छन् ।

उनले सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘लिम्पियाधुरासहित ‘चुच्चे’ नक्साका लागि’ प्रधानमन्त्री ओलीको सम्झाना भइरहने बताएका हुन् ।

उनले लेखेका छन्, ‘नाटकीय परिवर्तन भएन भने आज प्रम केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाउनु हुनेछ। आजै राजीनामा आउला । फेरि प्रम बन्न सक्नुहोला’, ‘जे होस् अनेक विवाद÷असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मूलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भइरहने छ।’

प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिन लागेका छन् । उनले विश्वासको मत गुमाउने  प्रायः निश्चत भएको बेला अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको