June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

सांसदलाई ह्वीप जारी नगर्ने जसपाको निर्णय

काठमाडौं, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको तर सांसदलाई ह्वीप भने नलगाइएको वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् । उनका अनुसार सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको