June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

प्रधानमन्त्री ओलीलाई विश्‍वासको मत दिन एमालेद्वारा ह्‍वीप जारी

काठमाडौं, सत्तारुढ नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन सांसदहरुलाई ह्‍वीप जारी गरेको छ ।  

मुख्य सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशनअनुसार आइतबार प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूका नाममा ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको