
काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ११६ सङ्क्रमित थपिएका छन् । याे सँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमितकाे संख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसबाट ११६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको छ ।
चौबीस घण्टामा चार हजार ३६१ जनाको कोरोनाभाइरसका परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । हाल सम्म क्वारेन्टाइनमा २४ हजार ७१६ जना सङ्क्रमित छन् । आइसोलेसनमा छ हजार ६९५ जना छन् । डिस्चार्ज हुनेकाे जम्मा संख्या १० हजार ३२८ जना पुगेकाे छ आज थप ३४ जना डिस्चार्ज भएका हुन् । हालसम्म मृत्यु हुनेकाे संख्या ३८ जना रहेका छन् ।





