June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

विश्वासको मत लिने प्रक्रिया सोमबार नै सक्ने सहमति, संक्रमित सांसद पनि सहभागी हुन पाउने

काठमाडौं, आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिले विश्वासको मतको प्रक्रिया सोमबार नै सक्ने गरी सहमति जनाएको छ । प्रधानमन्त्री केपी ओलीले भोलि अर्थात् सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

यस्तै उक्त बैठकले कोरोना संक्रमित सांसदहरू पनि मतदान प्रक्रियामा सहभागी हुन पाउने निर्णय गरेको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताएका छन् । उनले भने, ‘दल, संसद् सचिवालय र सरकारको समन्वयमा संक्रमित सांसदलाई पनि मतदानमा सहभागी गराउने कुरा भयो । संसद् भवनमा उहाँहरूको लागि विशेष कोठाको व्यवस्था गरिनेछ ।’

शीर्ष समाचार

धेरै पढिएको