June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

कोरोना अपडेट: कोरोना संक्रमणबाट ८८ जनाको मृत्यु

काठमाडौं, आइतबार थप ८८ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको छ । पछिल्लो २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप गरी ८८ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् ।

यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको