June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

थप ८ हजार ८५० जनामा कोरोना पुष्टि, उपत्यकामा मात्र थपिए ४ हजार बढी संक्रमित

काठमाडौं, आइतबार नेपालम थप ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ९४ हजार ६६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् । काठमाडौँ उपत्यकामा मात्र ४ हजार १९८ जना संक्रमित थपिएका छन् ।

यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जना संक्रमित भेटिएका हुन् ।

देशभर थप ८८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।​

शीर्ष समाचार

धेरै पढिएको