June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

बिएण्डसीमा संक्रमितको उपचारका लागि आजबाट २०० शैया सञ्चालनमा

झापा, झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोरोना संक्रमितको उपचार गर्न आजबाट २०० शैया सञ्चालनमा ल्याएको छ ।

प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोरोना सङ्क्रमितलाई बिएण्डसी पुर्‍याउनेक्रम जारी रहेपछि अस्पतालले शैया थप गरेको हो ।

सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शैया सञ्चालनमा आएको अस्पतालद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाका बिरामीको चाप अस्पतालमा वृद्धिभएसँगै शैया थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति , भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।’

मौज्दात  रहेका ६५ भेन्टिलेटरसहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । 

अस्पतालले २५ शैया मात्र कोरोना बिरामीलाई  छुट्याएको थियो । पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० शैया रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको