June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

मोरङ, मोरङमा चट्याङले लागेर एकजनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका–१ का ३० वर्षीय प्रवीन माझीको चट्याङले लागेर मृत्यु भएको हो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार बारीमा काम गरिरहेका बेला बिहान ८:४५ बजेतिर हावाहुरी र वर्षासँगै परेको चट्याङले लागेर माझी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनासाथ उनलाई चिकित्सकले मृत घोषित गरेको उनले बताए । 

शीर्ष समाचार

धेरै पढिएको