June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता

बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ४० जना सांसदको हस्ताक्षरसहित पुनः दोस्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको छ । माओवादी केन्द्र, नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले उक्त अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

जसमध्ये नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् भने नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावमा प्रदेशसभाको विशेष अधिवेशन मागका लागि समावेदनसमेत गरिएको छ । मुख्यमन्त्री पोखरेलले ठूलो दलका रुपमा संविधानको धारा १६८ को १ अनुसार गठन गरेको सरकार वैध नभएको उनीहरुको दावी छ ।

शीर्ष समाचार

धेरै पढिएको