June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

आइसोलेशन निर्माण कार्यमा स्थानिय सरकारको तीव्रता

काठमाडौं, विश्वव्यापी महामारी कोभिड-१९ को दोस्रो लहरबाट बच्न झापाका हरेक स्थानीय तहमा अहिले अक्सिजनसहितको आइसोलेशन निर्माण भइरहेको छ ।

कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिएको संवेदनशिल अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानीय तहले आइसोलेशन कक्ष सञ्चालनको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन् ।

कोरोनाबाट अतिप्रभावित स्थानीयवासीलाई प्राथमिक चरणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय पालिकाले आइसोलेशन सञ्चालन गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका छन् ।

यसैगरी कनकाई नगरपालिकाले पहिलो चरणमा अक्सिजनसहितको २० शय्याको आइसोलेशन सञ्चालनमा ल्याउने भएको छ । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार आवश्यक सामग्रीका साथमा चाँडै आइसोलेशन कक्ष सञ्चालनका लागि तयारी गरिएको हो ।

कनकाई नगरको सुरुङ्गास्थित प्राथमिक स्वास्थ्य केन्द्रको दोस्रो तलामा व्यवस्थापन गरिएको आइसोलेशन कक्षका सबै शय्यामा अक्सिजनको व्यवस्थाका साथै सङ्क्रमितलाई स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श सेवा सञ्चालन गरिने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको