June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

कोरोना रोकथाममा युद्धस्तरमा लाग्ने सरकारको निर्णय

काठमाडौं, विश्वव्यापी महामारी कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले सम्भव भएसम्म राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार शनिबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको हो ।

कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको उनले बताए ।

उनलेे भने, ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको