March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार

थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

काठमाडौं, आज थप ८ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा  कोरोना संक्तमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ ।

शनिबार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको हो ।

हाल देशभर सक्रिय संक्रमित ८३ हजार ४९३ जना पुगेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना कोरोना निको भई डिस्चार्ज भएका छन् । अहिलेसम्म निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको