June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

हेटौँडामा एक प्रहरीको शव फेला

वाग्मती, हेटौँडामा आज एक प्रहरीको शव फेला परेको छ । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा एक प्रहरीको शव फेला परेको हो ।

उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो ।

प्रहरीका अनुसार गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको थियो ।

स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन् । मृत्युको वास्तविक कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको