April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

थप ९ हजार १९६ जनामा कोरोना संक्रमण, ५० जनाको मृत्यु

काठमाडौं, शुक्रबार नेपालमा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् भने नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।

यस्तै गत २४ घण्टामा ५० जनाको मृत्यु भएको छ ।नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ सय ७९ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको