March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना घाइते, एकको मृत्यु

गुल्मी, गुल्मीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान मुसिकोट नगरपालिका ४ दजाकोटकी १८ वर्षीय करिश्मा गाहको जिल्ला अस्पताल तम्घासमा बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको

उनीसहित एकै परिवारका अन्य ७ जना घाइते भएका छन् । अर्को एक परिवारका दुई जना सामान्य घाइते भएका छन् । घाइते सात जनामध्ये एक जनाको मृत्यु भएको र अन्यको अवस्था सामन्य रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताएका छन् । घाइते ४ जनालाई पाल्पा रिफर गर्न लागिएको उनले बताए ।

पाल्पा रिफर गरिएकामा अन्दाजी ४२ वर्षीय जुनि गाह, सोही उमेरका तुलबहादुर गाह, वर्ष १८ कि मेलिना गाह र वर्ष ८ का जनित गाह रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको