June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ९ हजार ७० जनामा संक्रमण पुष्टि

काठमाडौं, बिहीवार नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या हालसम्मकै उच्च हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।

यसअघि बुधबार देशभर ८ हजार ६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको