June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

तनहुँमा ट्र्याक्टर दुर्घटना हुँदा एक एकको घटनास्थलमै मृत्यु

तनहुँ, तनहुँमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा बिहिवार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

ना६त ४२०७ नंको ट्र्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा परी सोही वडा निवासी २२ वर्षीय किरण श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाका अनुसार घाइते किरणको दमौलीमा र सुन्दरको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा सिफारिश गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको