June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

बिरामीसँग बढी रकम असुलेपछि केएमसी र ह्याम्सका सिइओलाई प्रजिअले सोधे स्ष्टीकरण 

काठमाडौं, काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले कोरोना बिरामीसँग सरकारले तोकेको मापदण्ड भन्दा बढी रकम असुलेको उजुरी परेपछि  राजधानीका केएमसी र ह्याम्स हस्पिटलका सिइओलाई स्ष्टीकरण सोधेका छन् ।

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बुधबार दुवै अस्पतालका सिइओलाई जिल्ला प्रशासन कार्यालय बोलाएर बिहीबार लिखित जवाफसहित हाजिर हुन निर्देशन दिएका छन् ।


सीडीओ पराजुलीले भने, ‘यस्तो विषम परिस्थितिमा सरकारले तोकेको मापदण्डभन्दा बढी असुलेको पाइएमा हामी हदैसम्म निर्मम भएर कारबाही गर्नेछौं ।’

दुवै अस्पतालले कोरोना बिरामीसँग बेडको निकै धेरै रकम उठाउने गरेको सूचना सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको