June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

काठमाडौंमा एकैदिन थपिए ३ हजार ८२५ जना कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ हजार ८ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५१८ जनामा संक्रमण पुष्टि हुँदा भक्तपुरमा ४ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म काठमाडौंमा १ लाख ३३ हजार ३ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा २२ हजार ८६ जना र भक्तपुरमा १२ हजार ६ सय २९ जनामा संक्रमण पुष्टि भएको छ ।

‍‍

शीर्ष समाचार

धेरै पढिएको