June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

नेपालमा कोरोना प्रकोप जटिल बन्दै: एकैदिन साढे ८ हजारमा कोरोना पुष्टि, ५८ जनाको मृत्यु

file photo

काठमाडौं, नेपालमा कोरोना संक्रमणको दर दिनानुदिन थप जटिल बन्दै गएको छ । गत २४ घण्टामा थप ८ हजार ६०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशाला गरिएको २० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट बुधबार ८ हजार ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ ।

हाल देशभर ३८१ जना क्वारेन्टाइनमा रहेका छन् ।यस्तै कोरोना संक्रमणबाट बुधबार हालसम्मकै उच्च ५८ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको