June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

काेराेनाबाट एकैदिन ५८ जनाकाे मृत्यु, दिनदिनै मृतकको संख्या बढ्दाे

काठमाडौं,बैशाख २२ गते । नेपालमा पछिल्लो समय काेराेना भाइरसबाट संक्रमितहुनेकाे मृत्यु संख्या निरन्तर बढिरहेको छ । गएको २४ घण्टामा मृत्यु हुनेकाे संख्या ५८ जना रहेकाे छ । याे एकैदिनमा मृत्यु हुनेकाे संख्या अहिलेसम्मकै बढि हाे ।

मंगलबार ५५ जनाकाे मृत्यु भएको थियाे भने आज ३ थपिएर एकैदिन मृत्यु हुनेकाे संख्या ५८ जना पुगेकाे छ । हालसम्म नेपालमा कुल मृत्यु संख्या ३ हजार ४७५ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे जानकारी अनुसार बुधबार ८ हजार ६५९ जना संक्रमित थपिएको छ । २१ हजार ३७२ जनामा परिक्षण गर्दा ८ हजार बढिमा संक्रमण पुष्टि भएको हाे ।

फाइल फाेटाे

शीर्ष समाचार

धेरै पढिएको