April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख पौडेलद्वारा पदभार ग्रहण

काठमाडौं, गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख सीता कुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छन् । सरकारले अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेपछि उनले बुधबार पदभार ग्रहण गरेकी हुन् ।

सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेपछि पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् । प्रमुख पौडेलले आज ११ बजे सहिदचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै पौडेलले गण्डकी प्रदेश सभामा पछिल्लो समयमा देखिएको राजनैतिक गतिरोध अन्त्य गर्न दलहरुबीच समन्वयकारी भूमिका खेल्ने बताइन् ।

उनले संविधान र कानुनको परिधिभित्र रहेर प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच समन्वायत्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

शीर्ष समाचार

धेरै पढिएको