May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

लुम्बिनी प्रदेशमा तीन मन्त्रीद्वारा शपथ ग्रहण

  • 10
    Shares

बुटवल, लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनीहरुलाई बुधबार प्रदेश प्रमुख धर्मनाथ यादवले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव रहेक छन् ।

यस्तै मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनीहरुलाई मंगलबार साँझ नै मन्त्री पदमा नियुक्त गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको