May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा ‘एकिकृत एम्बुलेन्स सेवा’ सुरु

  • 48
    Shares

काठमाडौं, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लामा रहेका एम्बुलेन्सहरुलाई समेटेर ‘एकिकृत एम्बुलेन्स सेवा’ सुरु गरिएको छ । बिरामीहरुको उपचारका लागि अस्पताल पुग्न एम्बुलेन्सको अभाव हुन थालेपछि उक्त सेवा सुरु गरिएको हो ।

धुलिखेल अस्पताल आकस्मिक विभागका प्रमुख डा. सानु्कृष्ण श्रेष्ठका अनुसार काभ्रेका ४२ वटा र सिन्धुपाल्चोक जिल्लामा रहेका ३१ वटा एम्बुलेन्सलाई समेटेर एकिकृत एम्बुलेन्स सेवा सुरु गरेको छ ।
धुलिखेल अस्पतालले धुलिखेल अस्पताल डिस्प्याच सेन्टर (प्रेषण केन्द्र) स्थापना गरि दुई जिल्लामा रहेका एम्बुलेन्सलाई एकिकृत तवरले सञ्चालन गरेको हो ।

काभ्रेमा रहेका ४२ वटा एम्बुलेन्समध्ये ‘क’ वर्ग (भेन्टिलेटर, विशेषज्ञ चिकित्सकसहित जीवन रक्षाको सामाग्री भएको) एउटा, ‘ख’ वर्गको प्यारामेडिक्ससहित बिरामीको स्वासप्रश्वास बन्द भएमा, मुटुको धड्कन बन्द भएको अवस्थामा डिफिब्रिलेशन गर्न सक्ने र दक्ष जनशक्ति भएको पाँच वटा एम्बुलेन्स रहेका छन् ।

डा. श्रेष्ठका अनुसार काभ्रेमा ‘ग’ वर्गका ३६ वटा एम्बुलेन्स रहेका छन् । काभ्रेमा ‘क’ वर्गको एम्बुलेन्स धुलिखेल अस्पतालमा छ भने ‘ख’ वर्गका एम्बुलेन्स धुलिखेल नगरपालिकासँग एउटा (सञ्चालनमा आउन बाँकी), धुलिखेल अस्पतालसँग दुई वटा, चौरीदेउराली गाउँपालिका र बेथानचोक गाउँपालिकासँग एक/एक वटा रहेका छन् ।

चौरीदेउराली र बेथानचोकमा रहेका एम्बुलेन्स रेडक्रसमार्फत सञ्चालन भएका हुन् । धुलिखेल अस्पताल आकस्मिक विभाग प्रमुख डा. श्रेष्ठका अनुसार सिन्धुपाल्चोक जिल्लामा रहेका ३१ वटा एम्बुलेन्समध्ये तीन वटा एम्बुलेन्स ‘ख’ वर्गका रहेका छन् भने बाँकी २८ वटा एम्बुलेन्स ‘ग’ वर्गका रहेको छ ।

सिन्धुपाल्चोकको मेलम्ची, बाह्रबिसे र जलविरेमा रेडक्रसद्धारा सञ्चालन भएका तीन एम्बुलेन्स ‘ख’ वर्गका हुन् । काभ्रे र सिन्धुपाल्चोकमा रहेका एम्बुलेन्समा जिपिएस प्रणाली जडान गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको