May 12, 2021, Wednesday
२०७८ बैशाख २९, बुधबार

सांसद बैठकअघि सांसदहरूको पीसीआर परीक्षण

  • 3
    Shares

काठमाडौं, आउँफो सोमबार हुने प्रतिनिधिसभाको विशेष अधिवेशनमा सहभागी हुने सांसदहरूको पीसीआर परीक्षण गर्न थालिएको छ ।

बुधबार संसद् सचिवालयले संसद् बैठकमा सहभागी हुने नेताहरूसँगै पत्रकारहरूको पीसीआर जाँचका लागि स्वाब संकलन सुरु गरेको हो ।


बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज बिहानसम्म सभामुख अग्नि सापकोटा, एमाले नेता माधवकुमार नेपाल, योगेश भट्टराईलगायतले स्वाब नमुना दिएका छन् ।

यसअघि मन्त्रिपरिषद्को गत आइतबारको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको