May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

माओवादी केन्द्रले बुझायो सरकारलाई दिएको समर्थन फिर्ताबारेको पत्र

  • 25
    Shares

काठमाडौं, नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आज औपचारिक रुपमा फिर्ता लिएको छ । समर्थन फिर्ता लिइएकोबारे जानकारी माओवादीले संसद सचिवालयलाई गराएको छ । 

माओवादीका मुख्य सचेतक देव गुरुङका अनुसार पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको हो । 

(हिजो) मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । पत्रमा आजबाट लागु हुने गरि समर्थन फिर्ता लिएको उल्लेख छ ।

शीर्ष समाचार

धेरै पढिएको