May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

आजको मौसम पुर्वानुमान: हावाहुरी तथा भारी वर्षाको सम्भावना

  • 8
    Shares

काठमाडौं, आज देशका केही स्थानमा हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्हरुले सुझाव दिएका छन् ।

विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताएकी छन् ।

बुधबार दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नम्बर २ का एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै मौसमविद् बासीले काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुनसक्ने बताइन् ।

शीर्ष समाचार

धेरै पढिएको