March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार

नेपालमा काेराेनाबाट एकै दिन ५५ जनाकाे मृत्युु, अवस्था गम्भीर बन्दै

काठमाडौं , बैशाख २१ गते । नेपालमा एकैदिन ५५ जना काेराेना संक्रमितको मृत्यु भएको छ । गएको २४ घण्टामा ७ हजार ६६० जना काेराेना संक्रमित थपिएका छन् । संक्रमित संख्या बढ्दै गएपछि मृत्युु हुनेकाे संख्या पनि तिव्र रुपमा बढ्दै गएकाे हाे ।

त्यसैगरी गएकाे २४ घणटामा १ हवार ७७५ जना निकाे भएर घर गएका छन् । १६ हजार ७०२ जनामा परिक्षण गर्दा ७ हजार ६६० जना संक्रमित फेला परेका छन् उक्त अवस्था निकै गम्भीर मान्न सकिन्छ । हालसम्म नेपालमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे कुल संख्या ३ हजार ४१७ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको