May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • 10
    Shares

काठमाडौं, नेकपा माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य गणेश साहका अनुसार आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको साहले जानकारी दिएका छन्  ।


बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । त्यस्तै सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिने सम्बन्धमा पनि बैठकमा छलफल हुने उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको