May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

पदमुक्त गरिदिनु भएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई: अमिक शेरचन

  • 13
    Shares
file photo

पोखरा, गण्डकी प्रदेशको प्रमुखबाट हटाइएका अमिक शेरचनले पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । आज बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा खुसी लागेको बताएका हुन् ।

उनले आफूले पहिले नै राजिनामा दिन चाहेको बताएका छन् । उनले भने, ‘मैले पहिला नै राजिनामा दिन चाहेको थिए । तर पछि पार्टीको आग्रह र अनुशासित कार्यकर्ताको नाताले बाध्य भए । पदमुक्त गरिदिनु भएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’

आफू प्रदेश प्रमुख पदमा रहँदा कुनै राजनीतिक पक्षपात नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘संविधान निर्देशित निर्णय सदर गरे । मैले एमालेको विपक्ष र माओवादी केन्द्र तथा कांग्रेसको पक्ष कुनै कदम चालेको छैन ।”

शीर्ष समाचार

धेरै पढिएको