May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखद्वारा सपथ ग्रहण

  • 2
    Shares

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

पौडेल र यादव दुवैजनालाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् । भण्डारीले नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको सपथग्रहण गराएकी हुन् ।

सोमबारको मन्त्रिपरिषद बैठकको सिफारिसमा भण्डारीले प्रदेश प्रमुख अमिक शेरचन र सर्मीलाकुमारी पन्तलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् भने उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघको नेतृत्वमा थिइन् । 

त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनिसकेका व्यक्ति हुन् । यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको