May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय, भारतसँगको उडान भने सातामा २ वटा यथावत

  • 21
    Shares

काठमाडौं, नेपाल सरकारले वैशाख २३ गते बिहीबार राति १२ बजे देखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गर्ने भएको छ ।

सोमवार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको भयावह स्थितीलाई मध्यनजर गर्दै सरकारले वैशाख मसान्तसम्म अन्तर्राष्ट्रि हवाइ उडान बन्द गर्ने निर्णय लिएको बताएका हुन् ।

उनका अनुसार २३ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिनेछ । तर, भारतसँगको उडान भने सातामा २ वटा यथावत रहनेछ । भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन ।

यस्तै भारतसँग दुई तर्फी उडान हुनेछन् भने भारतबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने निर्णय भएको छ । त्यस्तै सोमबार (आज) राति १२ बजेबाट वैशाख मसान्तसम्म लागु हुनेगरि आन्तरिक सबै उडान पनि बन्द गरिएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिन प्रधानमन्त्रीको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको