May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

नेपालमा काेराेनाबाट एकै दिन ३७ जनाकाे मृत्यु

  • 82
    Shares
file photo

काठमाडौं – बैशाख २० गते, नेपालमा पछिल्लो समय मृत्यु हुनेकाे संख्या तिव्र रुपले बढिरहेको छ । संक्रमितकाे संख्या बढेसँगै मृत्यु हुनेकाे संख्या पनि बढेकाे हाे। नेपालमा सोमबार थप कोरोना संक्रमित र मृत्यु हुने संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ३७ जना संक्रमितको एकैदिन ज्यान गएको छ । यस्तै हालसम्मकै सर्वाधिक ७ हजार ४४८ संक्रमित थपिएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ । स्वास्थ्य तथाअ जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको कुल संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको हो ।

गत २४ घण्टामा २ हजार २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८६ हजार १५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ जना रहेको र २१२ जना क्वारेन्टिनमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको