April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

एकैदिन ७ हजार ४४८ जनामा कोरोन संक्रमण, ३७ जनाको मृत्यु

काठमाडौं, नेपालमा सोमबार थप कोरोना संक्रमित र मृत्यु हुने संख्यामा नयाँ रेकर्ड कायम भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै ३७ जना संक्रमितको एकैदिन ज्यान गएको छ । यस्तै हालसम्मकै सर्वाधिक ७ हजार ४४८ संक्रमित थपिएका छन् ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय ६२ पुगेको छ । स्वास्थ्य तथाअ जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमितको कुल संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको हो ।

गत २४ घण्टामा २ हजार २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८६ हजार १५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ जना रहेको र २१२ जना क्वारेन्टिनमा रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको