May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

एक हजार श्ययाको कोभिड अस्पताल निर्माण गर्न प्रधानमन्त्री ओलीको निर्देशन

  • 9
    Shares
file photo

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार श्ययाको शीघ्र कोभिड अस्पताल निर्माण गर्न निर्देशन दिइएको समेत जानकारी दिएका छन् ।

वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए ।

यस्तै कुनै पनि अस्पतालले शय्या लुकाए कारवाही गर्ने उनले बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताएका हुन् ।

‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ ।’ प्रधानमन्त्री ओलीले कोभिडका औषधिको कृतिम अभाव गर्नेलाई समेत कडा कारवाही गर्ने बताएक छन् ।

शीर्ष समाचार

धेरै पढिएको