May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

पूर्वनिर्धारित उडान यथावत रुपमा सञ्चालन हुने

  • 26
    Shares

काठमाडौं, हवाई सेवा प्रदायक कम्पनीले मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने जनाएको छ ।

कोरोना महामारी जोखिम नियन्त्रणका लागि सरकारले यहीँ वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आज रातिबाट आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

यात्रुको सुविधालाई ध्यानमा राख्दै आजका लागि तोकिएका उडान दिनभर यथावत् रुपमा सञ्चालन हुने उक्त कम्पनीले जनाएका छन् । यती एयरलाइन्स कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले आफ्नो कोटामा परेका १० उडान यथावत् सञ्चालनमा रहेको बताएका छन् ।

यस्तै बुद्ध एयरले पनि आफ्ना निर्धारित उडान सञ्चालन भइरहेको जनाएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आज २५ उडानमार्फत दुई हजार ५०० भन्दा बढी यात्रुले सेवा लिने बताए ।

नेपाल सरकारले आज रातिबाट आन्तरिक तथा यही वैशाख २२ गते मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको