May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सुर्य चिह्नबाट चुनाव जित्नेहरुलाई दल परिवर्तनको अधिकार छैन: मुख्यमन्त्री पोखरेल

  • 6
    Shares

बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरुलाई अर्को दल परिवर्तनको अधिकार नदिएको बताएका छन् । 

आज बिहान उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चुनाव चिह्न सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्नु लज्जास्पद भएको बताएका हुन् ।


मुख्यमन्त्री पोखरेलले सूर्य चुनाव चिह्न लिएर चुनाव लडेकाहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई नहुने उल्लेख गर्दै संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवलाई सो कुरा जानकारी नहुनु आश्र्चयको कुरा भएको बताएका छन् ।

‘अविश्वास प्रस्ताव दर्तापछि जनता समाजवादीका चार सदस्यलाई अल्पमतमा रहेका दलका सदस्यको सिफारिसका आधारमा कार्वाहीको षड्यन्त्रपूर्ण नाटक मञ्चन भएको छ,’ उनले भनेका छन् ।

मुख्यमन्त्री पोखरेलले कारबाहीपछि नेकपा (एमाले) बहुमतप्राप्त दल बनेको जिकिर गर्दै बहुमत प्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहने बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको