May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सरकारले सात हजार शय्या थप गर्दै

  • 10
    Shares

काठमाडौं, सरकारले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शय्या थप गरी सञ्चालनमा ल्याएको छ ।    

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको हो ।

केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ भने उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शय्या भरिएपछि थप व्यवस्थापन गर्न थालिएको हो ।

नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय-सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०-१५० शय्या थप गरिने उनले बताए ।    

शीर्ष समाचार

धेरै पढिएको