May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

नेपालमा हालसम्मकै उच्च संक्रमित थपिए, एकैदिन ७ हजार १३७ जनामा कोरोना पुष्टि

  • 7
    Shares

काठमाडौं, नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।

यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

गत २४ घण्टामा १६ सय १२ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३ सय २५ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको