May 6, 2021, Thursday
२०७८ बैशाख २३, बिहीबार

दाङमा कारभित्र मृत भेटिएका तीन बालकको सनाखत

  • 4
    Shares

दाङ, दाङको तुलसीपुरमा लामो समयदेखि पार्किङ गरि राखिएको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका तीन बालकको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तीनै बालक तुलसीपुरकै रहेका छन् ।

मृतकहरू तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप, सन्तोष परियारका ७ वर्षका छोरा सुवर्ण र कृष्ण परियारका ६ वर्षका छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले बताएका छन् ।

यहीँ वैशाख १६ देखि हराइरहेका ती बालक तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारमा पार्किङ गरिराखिएको आरजे०१सीसी०८८५ नम्बरको भारतीय कारभित्र शनिबार राति मृत फेला परेका थिए ।

घटनामा संलग्न आशंकामा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–६ शान्तिनगरका यादवप्रसाद गैरेलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ टोली आइपुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको