April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

मन्त्रिपरिषद्को नियमति बैठक सोमबार बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकका एजेण्डा भने खुलाइएको छैन । नियमित बैठक भएकाले आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत छलफल र निर्णय हुन सक्ने स्रोतले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको