May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छोडेको छैन: स्वास्थ्यमन्त्री त्रिपाठी

  • 13
    Shares
file photo

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले नागरिकको उपचारमा सरकारले हातखुट्टा नछोडेको बताएका छन् । शनिबार साँझ कोरोना संक्रमण तथा रोकथामाका लागि सरकारले गरेका प्रयासबारे जानकारी दिँदै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।  

उनले भने, ‘सरकार यहाँहरुको साथमा छ। बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छोडेको छैन । सरकार जिम्मेवारीका साथ आफ्नो कर्तव्य पालनाका लागि अगाडि बढेको छ।’ 

उनले सरकार आतंकित हुने स्थितिमा नभएको र उपचारका सबै विधिका लागि थप काम गरिरहेको दाबीसमेत गरेका छन् । ‘हामी आतंकित हुने स्थितिमा छैनौं’, उनले थपे, ‘सरकार उपचार विधिका लागि थप काम गरिराखेको छ।’ मन्त्री त्रिपाठीले उपत्यकामा कोरोना उपचारका लागि भोलिदेखि नै हजार बेड थप हुने दाबीसमेत गरेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको