May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सभापति देउवाद्वारा पुर्वसांसद विदुर पौडेलको निधनप्रति दुःख व्यक्त

  • 30
    Shares

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पौडेलको शनिबार बिहान काठमाडौँको पशुपतिमा असामयिक निधन भएको हो । सभापति देउवाले शोक सन्देशमार्फत उनको निधनको खबरले दुःख लागेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पौडेल कांग्रेसका पूर्वमहासमिति सदस्य, पूर्वीय दर्शन र साहित्यका धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत थिए ।

विसं २००१ मा जन्मिएका पौडेलले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गर्दै सभापति देउवाले उनको निधनले कांग्रेस र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्वलाई गुमाएको बताएका छन् ।    
    

शीर्ष समाचार

धेरै पढिएको